सिराहाको गोलबजार घटनाको प्रारम्भिक छानबिन सकेर उच्चस्तरीय टोली काठमाडौँ फिर्ता
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
सिराहा । सुनसरी घटनापछि सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गणेश यादवको मृत्यु भएको घटनाबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय समिति प्रारम्भिक अनुसन्धान सम्पन्न गरी काठमाडौँ फर्किएको छ ।
गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा खटिएको छानबिन टोलीले तीन दिनसम्म सिराहामा स्थलगत निरीक्षण, तथ्य तथा प्रमाण संकलन र सरोकारवालासँग छलफल गरेको थियो । अनुसन्धानको प्रारम्भिक चरण पूरा गरेपछि टोली काठमाडौँ फर्किएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)