पहिलो सरकारी पोस्टिङ नै बन्यो अन्तिम यात्रा
gorkhapatraonline.com · Mon Aug 31 07:47:17 GMT 2026

लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी गत जेठमा खरिदार पदमा नाम निकालेका सल्यानको बागचौर नगरपालिका–१० पीपलनेटाका आयुष खड्काको पहिलो सरकारी पोस्टिङ नै अन्तिम यात्रा बनेको छ।
खड्काको पहिलो पोस्टिङ रसुवाको टिमुरेस्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रमा भएको थियो। सरकारी सेवामा प्रवेश गरेको केही समयमै भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोमा परी उहाँ बेपत्ता हुनुभएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)