बाढी पीडितका लागि कांग्रेसका सांसदले आधा महिनाको तलब दिने
ratopati.com · Mon Aug 31 07:53:47 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरूले हालैको अविरल वर्षा र बाढी पहिरोबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको पारिश्रमिक (तलब) सहयोग गर्ने निर्णय गरेका छन्।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले प्राकृतिक विपत्तिमा परेकाहरूको सहयोगका लागि दलका सबै सदस्यहरूले आधा महिनाको तलब पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)