रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
onlinekhabar.com · Mon Aug 31 07:51:18 GMT 2026

१५ भदौ, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा वाढीका कारण बेपत्ताहरूको यकिन तथ्यांक नरहेको जनाएको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले विपद्बाट बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न अझै कठिन रहेको बताइन् । उनले हाल स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजनालगायत सम्बन्धित निकायबाट विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)