परराष्ट्रले सुरु गर्यो ‘मोफा नलेज फोरम’
nepalnews.com · Wed Aug 05 17:49:37 GMT 2026

काठमाडौँ । परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘मोफा नलेज फोरम’को सुरु गरेको छ। सिंहदरबारस्थित मन्त्रालयमा बुधबार परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा उक्त फोरमको सुरु गरिएको हो।
फोरमको पहिलो सत्रमा शगुनी सिंह शाक्यले ‘गिफ्ट आदानप्रदानमार्फत कूटनीतिक प्रवर्द्धन’, आवास पियाले ‘विकास सहायता’ तथा डा. सन्तोष शर्मा पौडेलले ‘नेपालको कूटनीति’सम्बन्धी विषयमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गरे। कार्यपत्र प्रस्तुतिपछि मन्त्री खनालसहित मन्त्रालयका वरिष्ठ अधिकारी तथा अधिकृतहरूले कार्यपत्रमाथि आफ्नो धारणा राखेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)