बाढी पीडितका लागि भोटेकोशी गाउँपालिकाको राहत
lokaantar.com

रसुवाको भोटेकोसी खोलामा आएको बाढीबाट बेपत्ता भएका सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका परिवारलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ। बाढीमा गाउँपालिकाका ७३ परिवारका सदस्य बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको गाउँपालिकाले जनाएको छ।
बेपत्ता परिवारका बालबालिकाको तत्काल पोषणका लागि खाद्यान्न उपलब्ध गराउने र प्रभावित परिवारलाई राहतस्वरूप आर्थिक सहयोग गर्ने निर्णय गाउँपालिकाले गरेको छ। सोमबार बेपत्ता भएका ७३ परिवारका सदस्य तथा उनीहरूको पारिवारिक अवस्थासहितको सम्पूर्ण विवरण संकलन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने निर्णयसमेत गरिएको गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु लामाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)