राहत–उद्धारको काम प्रभावकारी रुपमा भइरहेको छ : मन्त्री डा. तिमिल्सिना
gorkhapatraonline.com · Thu Aug 27 15:14:15 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राहत र उद्धारको काम अत्यन्त प्रभावकारी रुपमा भइरहेको बताउनुभएको छ। बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपश्चात नुवाकोटमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री डा. तिमिल्सिनाले विदेशीसहित ५०० भन्दा बढी व्यक्तिको उद्धार गरिएको जानकारी दिनुभयो । मन्त्री डा. तिमिल्सिनाका अनुसार अधिकांश व्यक्तिको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
अहिलेसम्म करिब ६५ जना विदेशीको उद्धार गरिएको छ। जसमध्ये केही काठमाडौँ फर्किनुभएको छ, केही जाने क्रममा हुनुहुन्छ । ‘उद्धार भएका झण्डै २०० व्यक्तिलाई आफ्नो परिवारले लिएर जानुभएको छ ।’ मन्त्री तिमिल्सिनाले भन्नुभयो– ‘बाँकी बाढीपीडितलाई अस्थायी रुपमा सुरक्षित राख्ने र परिवार आफन्तको जिम्मा लगाउने काम गरिरहेका छौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)