भोटेकोसी बाढीबाट २३ विद्यालयमा क्षति, करिब ६ हजार ९ सय विद्यार्थी प्रभावित
baahrakhari.com · Mon Aug 31 08:11:00 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदी हुँदै आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका २३ विद्यालयमा क्षति पुगेको छ । ती विद्यालयमा अध्ययनरत करिब ६ हजार ९ सय विद्यार्थी प्रभावित भएको शिक्षा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी वीरबहादुर धामीले जानकारी दिए ।
शिक्षा विकास तथा समन्वय इकाइमार्फत प्रारम्भिक रूपमा संकलन गरिएको विवरणअनुसार रसुवाका ७, नुवाकोटका ८ र धादिङका ८ गरी २३ विद्यालयमा क्षति पुगेको देखिएको हो । "उक्त विवरण अझै पूर्ण रूपमा प्रमाणीकरण हुन बाँकी छ," उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)