प्रधान न्यायाधीशमा प्रस्तावित डा. शर्मा किन बसेनन् इजलासमा ?
ratopati.com · Fri May 15 14:15:00 GMT 2026

काठमाडौँ । संवैधानिक परिषदले गत वैशाख २४ गते सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सिफारिस गरेका डा. मनोजकुमार शर्मा पछिल्लो समय इजलासमा बसेका छैनन् । न्याय परिषद्ले पठाएको ६ जनाको नाममध्येबाट संवैधानिक परिषद् बैठकबाट चौथो वरीयताक्रममा रहेका न्यायाधीश शर्माको नाम प्रधान न्यायाधीशमा सिफारिस गरेपछि वैशाख २५ गते सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित (फुलकोर्ट) बैठक बसेको थियो ।
फुलकोर्ट बैठकमा शर्मा ‘आज मैले मुद्दा हेर्न नभ्याउने भएँ’ भनेर बाहिरिएका थिए । त्यस दिनदेखि न्यायाधीश शर्माले इजलास बस्नका लागि गोला तानेका छैनन् । उक्त बैठकपछि शर्मा अदालतमा हाजिर भए पनि इजलासमा बसेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)