काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’लाई सहयोग
kendrabindu.com · Fri May 15 14:10:03 GMT 2026

काठमाडौं । सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई आत्मसात गर्दै एभरेस्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड अन्तर्गत सञ्चालनमा रहेको काठमाडौं मेरियट होटलले काठमाडौंको साँखुस्थित ‘प्रिजनर्स असिस्टेन्स नेपाल’लाई नगद सहयोग तथा भोजन वितरण गरेको छ।
सहयोग हस्तान्तरण कार्यक्रम प्रिजनर्स असिस्टेन्स नेपालको परिसरमा सम्पन्न भएको थियो। कार्यक्रममा एभरेस्ट हस्पिटालिटी एण्ड होटल लिमिटेडका सञ्चालकले संस्थालाई एक लाख रुपैयाँ नगद सहयोग प्रदान गर्नुका साथै २०० बालबालिकाका लागि भोजनको व्यवस्था गरेका थिए। कार्यक्रममा होटलका प्रतिनिधि तथा संस्थाका कर्मचारीहरूको सहभागिता रहेको थियो। यस पहलले समाजबाट प्रायः ओझेलमा पर्ने समुदायप्रति आत्मीयता र ऐक्यबद्धताको भावना झल्काएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)