सुदूरपश्चिम प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि
mahendranagarpost.com · Wed Mar 09 15:05:23 GMT 2022
कैलाली-सुदूरपश्चिम प्रदेशमा बुधबार दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ८१० नमूना जाँच गर्दा दुई जनामा सङ्क्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ।
बुधबार भारतबाट फर्किएका ८०३ जनाको परीक्षण गर्दा कसैमा पनि कोरोना पुष्टि नभएको निर्देशनालयले जनाएको छ। अब प्रदेशभरिक १५२ जनामात्रै सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ।
यो प्रदेशमा हालसम्म पाँच लाख १५ हजार ७०० जनाको परीक्षण गरिएको छ। जसमध्ये ५९ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ। यो प्रदेशमा कोरोना संक्रमणपछि हालसम्म मृत्यु हुनेको संख्या ६३३ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)