१२८ मेगावाटको तमोर–मेवा जलविद्युत् आयोजनाको सुरुङ खन्न सुरु
kendrabindu.com · Thu Aug 06 00:48:10 GMT 2026

काठमाडौं । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना अन्तर्गत सुरुङ छेड्ने (टनल ब्लास्टिङ) काम सुरु गरेको छ ।
कम्पनीले आयोजना निर्माणको महत्वपूर्ण चरणका रूपमा रहेको सुरुङ विस्फोट कार्यक्रम बुधबार ताप्लेजुङको फुङ्लिङमा गरेको कम्पनीले जनाएको छ । सुरुङ ब्लास्टिङसँगै आयोजनाको भूमिगत उत्खनन कार्य औपचारिक रूपमा सुरु भएको कम्पनीको भनाइ छ । आयोजना निर्माणको समयतालिकाअनुसार यो चरणलाई अत्यन्त महत्वपूर्ण मानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)