राष्ट्र बैङ्कले जारी गर्यो आजको लागि विदेशी मुद्राको विनिमयदर
kendrabindu.com · Thu Aug 06 00:54:05 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको गरेको छ । केही दिनयता बढ्ने र स्थिर रहने गरेको अमेरिकी डलरेको मूल्य आज भने थोरै घटेको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । बुधबार खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा थियो।
युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा , युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ५७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)