मधेसमा ट्रान्सफर्मर चोरी भयावह
annapurnapost.com · Thu Aug 06 00:55:19 GMT 2026

जनकपुरधाम : महोत्तरीको बर्दिबास नगरपालिका–१२ बिजलपुरास्थित पञ्चधुरा खानेपानीको ट्रान्सफर्मर चोरी भएको छ। साउन १९ गते रात्रिकालीन समयमा ट्रान्सफर्मरभित्रको तामा निकालेर फालिएको अवस्थामा फेला परेको हो। विद्युत् आपूर्ति अवरुद्ध भएपछि पञ्चधुरा खानेपानीको वितरण रोकिन गई २ सय घरमा खानेपानीको हाहाकार भएको एक स्थानीयलेजानकारी दिए।
धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित नेपाल विद्युत् प्राधिकरणले जडान गरेको ट्रान्सफर्मर गत सोमबार राति चोरी भयो। ढल्केबर–जनकपुरधाम सडक खण्डको मुख्य सडकस्थित हजरा चोकमा रहेको जनता माध्यमिक विद्यालयका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी हुँदा गर्मीयाममा स्थानीयसँगै स्कुलका बालबालिकालाई दैनिक जीवनयापन गर्न असहज भएको स्थानीय विनोदकुमार महतो कुशवाहाको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)