काठमाडाैंका सबै होटलमा धुम्रपानका लागि छुट्टै कक्ष बनाउन प्रशासनको निर्देशन
barnanmedia.com · Thu Aug 06 00:59:24 GMT 2026

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाभित्र सञ्चालित होटल तथा रेष्टुरेन्टमा धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न व्यवसायीलाई आग्रह गरेको छ । कार्यालयले बुधबार जारी गरेको सूचनामा होटल तथा रेष्टुरेन्टमा अव्यवस्थित रूपमा हुक्का, चुरोटलगायतका सुर्तीजन्य पदार्थ सेवन हुने गरेको तथा त्यसबाट धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा समेत प्रतिकूल असर परेको भन्दै गुनासो प्राप्त भएको जनाएको छ ।
प्रचलित कानुनी व्यवस्थाको पालना नभएको गुनासो आएपछि व्यवसायीलाई सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको सूचनामा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)