७२ जिल्लामा डेंगु फैलियो, दुई हजारभन्दा बढी सङ्क्रमित
newsofnepal.com · Thu Aug 06 01:05:41 GMT 2026

काठमाडौँ ।
नेपालमा डेंगु सङ्क्रमण तीव्ररूपमा फैलिन थालेको छ । हालसम्म ७२ जिल्लामा २ हजार २५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने दुई जना सङ्क्रमितको मृत्यु भइसकेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत पुस महिनायता सङ्कलित तथ्याङ्कले देशभर डेंगुको जोखिम बढ्दो क्रममा रहेको देखाएको छ। वर्षायाम सुरु भएसँगै सङ्क्रमण थप विस्तार हुने सम्भावना उच्च रहेको विज्ञहरूले चेतावनी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)