भारी मात्रामा घट्यो कृषि विकास बैंकको खुद नाफा, धेरैजसो सूचक नकारात्मक
corporatenepal.com · Thu Aug 06 01:08:11 GMT 2026

काठमाडौं । कृषि विकास बैंकको खुद ब्याज आम्दानीमा संकुचन र खराब कर्जा बापतको प्रोभिजनिङमा भारी वृद्धिले नाफा र इपीएस प्रभावित भएको छ । बैंकले जारी गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास (असार मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको धेरै सूचकहरु अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ । बैंकको खुद नाफा २९.५२ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ६ लाख ४१ हजार रुपियाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७३ करोड २४ लाख १६ हजार रुपियाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खराब कर्जा तथा सम्भावित कर्जा नोक्सानी बापतको व्यवस्था (इम्पेयरमेन्ट चार्ज) उच्च रूपमा बढेका कारण खुद नाफामा प्रत्यक्ष असर परेको वित्तीय विवरणले देखाएको छ। अघिल्लो वर्ष ६३ करोड ७ लाख ७२ हजार रुपियाँ रहेको इम्पेयरमेन्ट चार्ज चालू आवमा ८५.९१ प्रतिशतले बढेर १ अर्ब १७ करोड २६ लाख ५८ हजार रुपियाँ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)