आगलागीमा घाइते बालिकाको मृत्यु
baahrakhari.com · Thu Aug 06 01:17:44 GMT 2026

बुटवल । पाल्पाको तानसेन नगरपालिका–४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्यासको पाइप फुस्किएर भएको आगलागीमा गम्भीर घाइते भएकी ८ वर्षीया साजुदा बानुको उपचारका क्रममा मृत्यु भएको छ । काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा बुधबार उनको निधन भएको हो ।
एलकेजीमा अध्ययनरत बानु गत साउन ७ गते खाजा खाने क्रममा भएको आगलागीमा करिब ३५ प्रतिशत शरीर जलेर गम्भीर घाइते भएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)