राेजगारी खाेज्ने हाेइन, दिने बनाैं
nagariknews.nagariknetwork.com · Thu Aug 06 01:17:15 GMT 2026

नेपाल आज एउटा निर्णायक मोडमा उभिएको छ। एकातिर विश्वविद्यालयहरूबाट हरेक वर्ष हजारौं स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि (पिएचडी) गरेका दक्ष जनशक्ति उत्पादन भइरहेका छन् भने अर्कातिर त्यसमध्ये ठुलो हिस्सा आफ्नो भविष्य खोज्दै बिदेसिने क्रम निरन्तर बढिरहेको छ। यसले एउटा गम्भीर प्रश्न उठाएको छ - के नेपालले आफ्ना शिक्षित युवालाई आफ्नै देशमा अवसर दिन सकेको छ ?
नेपालले शिक्षामा गरेको लगानीको प्रतिफल नेपाली समाज र अर्थतन्त्रले पाउनुपर्ने हो तर वास्तविकता फरक छ। विश्वविद्यालयबाट निस्किएका प्रतिभाशाली युवा अनुसन्धान, नवप्रवर्तन र उद्यममार्फत देश निर्माणमा लाग्नुको सट्टा रोजगारीको खोजीमा बिदेसिन बाध्य छन्। उनीहरूले विदेशमा सफलता प्राप्त गरिरहेका छन् तर नेपालले उनीहरूको ज्ञान, सिप र सिर्जनशीलताको प्रत्यक्ष लाभ गुमाइरहेको छ। यही अवस्थालाई परिवर्तन गर्नु आजको सबैभन्दा ठुलो राष्ट्रिय आवश्यकता हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)