आरोही युक्त गुरुङको शव लिएर पाकिस्तानबाट फर्कंदै सांसद शेर्पा
kendrabindu.com · Thu Aug 06 01:45:08 GMT 2026

काठमाडौं । पाकिस्तानको ८,०५१ मिटर अग्लो ब्रड पिक हिमालमा ज्यान गुमाएका नेपाली आरोही पुर बहादुर गुरुङ (युक्त) को शव लिएर वरिष्ठ पर्वतारोही तथा प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा आज नेपाल फर्कंदै छन्।
ब्रड पिकमा गत बिहीबार हिमपहिरोमा निर्मल पुर्जासहित १० आरोही परेपछी उनी शुक्रबार उद्धारका लागि पाकिस्तान पुगेका थिए। ‘म पाकिस्तानबाट धेरै पटक सफल आरोहणको खुसी बोकेर नेपाल फर्किएको छु। तर यसपटक मेरो मन अत्यन्त भारी छ,’ मिङ्मा डेभिडले भावुक हुँदै गएराति फेसबुकमार्फत भनेका छन्, ‘युक्त गुरुङका सम्झनाहरू र उनको शवलाई सम्मानपूर्वक स्वदेश ल्याउने जिम्मेवारी बोकेर फर्किरहेको छु ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)