फिफा विवादमा अध्यक्ष इन्फान्टिनोले मागे माफी
nepalsamaya.com · Thu Aug 06 01:57:51 GMT 2026
काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताहरूमा निजी लगानी भित्र्याउने विवादास्पद योजनामा आफूबाट भएको त्रुटिप्रति माफी मागेका छन्। यद्यपि, मोरक्कोमा बसेको फिफाको वरिष्ठ कार्यकारी बैठकले उनलाई अध्यक्षका रूपमा निरन्तर समर्थन गर्ने निर्णय गरेको छ।
इन्फान्टिनोले बढ्दो आलोचनापछि बुधबार मोरक्कोको राजधानी रबाटस्थित फिफाको अफ्रिका कार्यालयमा व्यवस्थापन बोर्डको बैठक बोलाएका थिए। बैठक सकिएको करिब चार घण्टापछि फिफाले विज्ञप्ति जारी गर्दै अध्यक्ष इन्फान्टिनोलाई व्यवस्थापन बोर्डको पूर्ण समर्थन रहेको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)