दुई फर्मलाई विभागको जरिवाना
nagariknews.nagariknetwork.com · Thu Aug 06 01:56:42 GMT 2026

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार पनि काठमाडौं उपत्यकाका १२ वटा व्यावसायिक फर्ममा स्थलगत अनुगमन गरेको छ। अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले ललितपुर महानगरपालिका–२० मा रहेको न्यू डाइमण्ड फर्निचर सेन्टरलाई रु १० हजार जरिवाना गरेको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम खरिद बिल नभएको पाइएकाले सो फर्मलाई जरिवाना गरिएको विभागको भनाइ छ। यस्तै, काठमाडौंको गोङ्गबुमा रहेको अजिमा चस्मा घरलाई रु पाँच हजार जरिवाना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)