राष्ट्र बैंकको स्वायत्ततामा सरकारको उपहास
onlinekhabar.com · Thu Aug 06 02:15:52 GMT 2026

२० साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीचको राजनीतिक असमझदारीका बीच केन्द्रीय बैंकको स्वायत्ततामाथि सरकारले उपहास गर्न थालेको छ ।
नेपाल राष्ट्र बैंक ऐनलगायत वित्तीय कानून तथा सर्वोच्च अदालतका नजिरहरूले पनि केन्द्रीय बैंकलाई स्वायत्तता प्रदान गर्दै बैंकभित्र तथा उसको नियमनको दायराभित्र सरकारको हस्तक्षेपलाई बर्जित गरेका छन् । तर, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रबैंकको नियमनमा रहेका बैंकका सीईओहरूसँग सीधै बैठक गर्ने मात्रै होइन, गभर्नर र डेपुटी गभर्नरपछिका तेस्रो वरियताका राष्ट्रबै्रकका कार्यकारी निर्देशकहरूसँग पनि सीधै प्रत्यक्ष बैठक गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)