राहत कोषमा सफ्टी हाइजिनको २१ लाख ११ हजार सहयोग
baahrakhari.com · Mon Aug 31 08:46:00 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका निम्ति सफ्टी हाइजिन प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक विजय पोखरेल र सुवास भण्डारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
यो सहयोगले विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीको विश्वास छ । सफ्टी हाइजिनले यो कठिन समयमा सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै विपद् तथा संकटका समयमा राज्य र समुदायसँग सहकार्य गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)