प्रगतिशील लोकतान्त्रिक पार्टी विभाजित, दुर्गा सोब र सन्तोष परियारका समूह अलग–अलग चल्ने
barnanmedia.com · Thu Aug 06 02:39:38 GMT 2026

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी औपचारिक रूपमा विभाजित भएको छ । पार्टीभित्र उत्पन्न वैचारिक, राजनीतिक तथा संगठनात्मक मतभेदका कारण एकीकृत रूपमा अघि बढ्न नसकिने निष्कर्ष निकाल्दै पार्टीका दुई प्रमुख पक्षले छुट्टाछुट्टै राजनीतिक यात्रा तय गर्ने सहमति गरेका हुन् ।
गत मङ्सिर ७ गते नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, राष्ट्रिय स्वतन्त्र पार्टी (विद्रोही समूह) र जेन–जी समूहबीच एकीकरण भई यो पार्टी गठन भएको थियो । तर, निर्वाचनपश्चात् फेरिएको राजनीतिक परिस्थिति र सांगठनिक संरचनालाई निरन्तरता दिन व्यवहारिक कठिनाइ भएपछि दुवै पक्ष आपसी सम्मानका साथ अलग हुने निर्णयमा पुगेका हुन् । बुधबार भएको सहमति अनुसार अब दुवै पक्षले आफ्नै अस्तित्व र पहिचानका साथ राजनीतिक गतिविधि सञ्चालन गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)