बौद्धमा मिनिट्रकको ढालामा बसेका युवक तारमा अल्झिएर दुर्घटना, अवस्था गम्भीर
ratopati.com · Thu Aug 06 02:51:35 GMT 2026

काठमाडौँ । काठमाडौँको बौद्धमा मिनिट्रको ढालामा बसेका युवक तारमा अल्झिएर दुर्घटनामा परेका छन् । गोकर्णेश्वर नगरपालिका–७ स्थित शिवचोकमा ड्राइभिङ स्कुलबाट शिवचोक तर्फ आउँदै गरेको बा.प्र.–०१००३ क ७९९३ नम्बरको निशान ट्रकको पछाडि ढालामा सवार २२ वर्षीय सबिन तामाङ पोलको तारमा अल्झिएर सडकमा खसेका हुन् ।
रामेछापको घर भएर बौद्ध बस्दै आएका सविनको अवस्था गम्भीर रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)