१२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी
baahrakhari.com · Thu Aug 06 02:59:47 GMT 2026

रौतहट । रौतहटमा कम्तिमा पनि १२ हजार लिटर पेट्रोल बोकेको ट्याङकर दुर्घटनापछि आगलागी भएको छ । पूर्व–पश्चिम राजमार्गमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएलगत्तै आगलागी भएको छ ।
म.प्र ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर दुर्घटनामा परेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले दिएको जानकारीअनुसार बिहान साढे ५ बजे ट्याङ्कर अनियन्त्रित भइ दुर्घटनामा परेको थियो । प्रहरीले ट्यांकर चालक सकुसल रहेको बताउँदै आगो नियन्त्रणमा आएपछि सडक सुचारु भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)