जर्मनीको सत्तारुढ दलको युवा संगठनमा सांसद खुश्बु ओलीको भर्चुअल सम्बोधन
ratopati.com · Thu Aug 06 03:01:02 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ तथा सांसद खुश्बु ओलीले जर्मनीको सत्तारुढ दल सिडियु/सिएसयुको युवा संगठन 'जङ्गे युनियन'लाई भर्चुअल माध्यमबाट सम्बोधन गरेकी छिन्। 'जेन्जी आन्दोलन र निर्वाचनपछिको नेपाल' विषयमा केन्द्रित रहेर उनले नेपालको वर्तमान राजनीतिक अवस्था र लोकतान्त्रिक विकासबारे आफ्नो धारणा राखेकी हुन्।
सम्बोधनका क्रममा ओलीले नेपाललाई लोकतान्त्रिक संक्रमणको एक 'जीवन्त प्रयोगशाला' को रूपमा चित्रण गरिन्। उनले नेपालमा भएका पछिल्ला राजनीतिक परिवर्तनहरू केवल सरकार बदल्नका लागि मात्र नभई समग्र राजनीतिक प्रणाली र नेतृत्वप्रतिको अविश्वासको परिणाम भएको बताइन्। "जब नागरिकले राजनीतिक वर्गप्रति विश्वास गुमाउँछन् तर लोकतान्त्रिक आदर्शप्रति आस्था राखिरहन्छन्, तब लोकतन्त्रले आफूलाई कसरी पुनर्जीवित गर्छ भन्ने प्रश्न मुख्य हो," बुधबारको उक्त सम्बोधनमा उनले भनिन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)