मानव-बाघ द्वन्द्वले चुनौती
nagariknews.nagariknetwork.com · Thu Aug 06 03:13:01 GMT 2026

चितवन राष्ट्रिय निकुञ्जवरपरका बस्तीमा बाघ पसिरहन्छन्। पछिल्ला ६ वर्षमा बस्ती छिरेका ३१ वटा बाघ चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिइसकेको छ। उता बर्दिया राष्ट्रिय निकुञ्जले पनि मानिस तथा पशु चौपायामा क्षति पुर्याएका २५ वटा बाघ पाँच वर्षको अवधिमा नियन्त्रणमा लिएको तथ्यांक छ। नियन्त्रणमा परेका केही बाघलाई निकुञ्जको कोर क्षेत्रमा पुनः छाडिएको छ भने केहीलाई विशेष खोरमा राखिएको छ।
नेपालमा बाघको संख्या बढेसँगै मानव–बाघ द्वन्द्व व्यवस्थापन संरक्षणको नयाँ चुनौती बन्दै गएको छ। बाघ संरक्षणमा नेपालले विश्वमै उदाहरणीय सफलता हासिल गरिरहेको छ। यद्यपि त्यससँगै स्थानीय समुदायको सुरक्षा, जीविकोपार्जन र सहअस्तित्वको प्रश्न पनि उत्तिकै गम्भीर बन्दै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)