दबाबबीच आकस्मिक भेट बढाउँदै इन्फान्टिनो
kendrabindu.com · Thu Aug 06 03:48:57 GMT 2026
राबट । अध्यक्ष जियानी इन्फान्टिनोले फिफाका निर्देशकहरूसँग मोरक्कोमा आकस्मिक भेट गर्ने भएका छन्। विश्वकपसँगै आफ्ना प्रमुख प्रतियोगिताको सेयर बिक्री गर्ने विवादास्पद योजना असफल भएपछि इन्फान्टिनो आलोचनाको घेराभित्र परेका छन्।
उनले यो विवादास्पद योजना शनिबार फिर्ता लिए पनि इन्फान्टिनोलाई अध्यक्षबाट राजीनामा दिन दबाब पर्दै आएको छ। फिफाभित्रै उनीमाथि दबाब बढ्दै गएको छ। विवादास्पद योजना असफल भएपछि इन्फान्टिनोलाई दिँदै आएको समर्थन वेल्ससहित फिनल्यान्ड, स्विडेन र सर्बियाले आधिकाकिर रूपमै फिर्ता लिइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)