पहिरोका कारण ८ राजमार्ग पूर्ण अवरुद्ध, कुन कुन?
reportersnepal.com · Thu Aug 06 03:45:44 GMT 2026

काठमाडौं, साउन २१ । अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग र सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार आज देशभरका ८ वटा सडक पूर्णरुपमा अवरुद्ध बनेका छन् । मेची राजमार्ग, वि.पि. राजमार्ग, मध्य पहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर,पृथ्वी राजमार्ग, अरनिको राजमार्ग अन्तर्गतका विभिन्न सडक बन्द छन् ।
ईलामको राजदुवाली क्षेत्र, चितवनको इच्छाकामना गाउँपालिका–५, ललितपुरको बागमती गाउँपालिका(३ पाण्डुर र मकवानपुरको ठिंगन खण्ड, काभ्रेको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्ड अवरुद्ध छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)