बाढीले बगाउँदा एककाे मृत्यु
nagariknews.nagariknetwork.com · Thu Aug 06 03:45:21 GMT 2026

महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिमिल्सिनाका अनुसार खोलाले बगाउँदा बर्दिबास नगरपालिका–५ निवासी ६२ वर्षीय टङ्कबहादुर बस्नेतको मृत्यु भएको हो। खोला छेउको खेतमा पानी तान्न राखिएको विद्युतीय मोटर खोलाले बगाउन थालेपछि बुधबार साँझ मोटर निकाल्न खोलातर्फ जाने क्रममा बाढीले एक्कासि बगाउँदा बस्नेत बेपत्ता भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)