जापानको औद्योगिक उत्पादनमा सामान्य वृद्धि
khabarhub.com · Mon Aug 31 08:56:28 GMT 2026

एजेन्सी – जापानको औद्योगिक उत्पादन जुलाईमा अघिल्लो महिनाको तुलनामा शून्य दशमलव एक प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ। अर्धचालकसम्बन्धी उत्पादनमा वृद्धि भए पनि यातायात उपकरण उत्पादनमा आएको कमजोरीले समग्र वृद्धिलाई सीमित गरेको हो।
जापानको अर्थतन्त्र, व्यापार तथा उद्योग मन्त्रालयले सोमबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार, जुन महिनाको औद्योगिक उत्पादन वृद्धि यसअघि अनुमान गरिएको एक दशमलव छ प्रतिशतबाट संशोधन गरी एक दशमलव नौ प्रतिशत कायम गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)