अधिकृत बन्ने सपना अधुरै रह्यो, बाढीले लग्यो २१ वर्षीय आयुषको ज्यान; देवघाटमा भयो अन्तिम संस्कार
barnanmedia.com · Mon Aug 31 08:50:34 GMT 2026

सरकारी सेवामा प्रवेश गरेर भविष्यमा अधिकृत बन्ने सपना बोकेका सल्यानका २१ वर्षीय आयुष खड्काको रसुवामा आएको विनाशकारी बाढीमा परी मृत्यु भएको छ। स्नातक तहको परीक्षा दिन गृहजिल्ला फर्किने तयारीमा रहेका आयुषको शव भेटिएको पाँच दिनपछि सोमबार देवघाटमा अन्त्येष्टि गरिएको हो।
लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि आयुषको गत वैशाखमा रसुवाको टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा पहिलो पोस्टिङ भएको थियो। सरकारी सेवामा प्रवेश गरेको पाँच महिनामै भदौ १० गते आएको भीषण बाढीमा परेर उनले ज्यान गुमाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)