मृग जोगाउन खोज्दा पेट्रोल टयांकर दुर्घटनाग्रस्त
rajdhanidaily.com · Thu Aug 06 04:16:05 GMT 2026

रौतहट । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनाग्रस्त भई आगलागी हुँदा पूर्ण रूपमा नष्ट भएको छ।
बिहीवार बिहान करिब ५ः३० बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर सडकमा अचानक आएको मृगलाई जोगाउने प्रयासमा चालकले नियन्त्रण गुमाउँदा सडकको दाहिनेपट्टि पल्टिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)