बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने
nagariknews.nagariknetwork.com · Thu Aug 06 04:03:55 GMT 2026

कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि बझाङ–बनलेक (पश्चिम सेती) प्रसारण लाइन निर्माण हुने भएको छ।
कुल ४०० केभी क्षमताको सो आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ। कुल ६० किलोमिटर लामो प्रसारण लाइन बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं १ मा प्रस्तावित चैनपुर सबस्टेसनदेखि डोटी जिल्लाको शिखर नगरपालिका–१० मा प्रस्तावित बनलेक (पश्चिम सेती) मा जोडिनेछ। प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले विद्युत् विकास विभागमा आवेदन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)