पहिरोले बाह्रकिलोको पेट्रोल पम्पमा क्षति, ५ वटा मोटरसाइकल पुरिए
kendrabindu.com · Thu Aug 06 04:15:45 GMT 2026

गोरखा । बिहीबार बिहानको पहिरोले गोरखा नगरपालिका–११ बाह्रकिलोमा रहेको पेट्रोल पम्पमा क्षति पुर्याएको छ। गोरखकाली फ्युल सेन्टर पेट्रोल पम्पको पछाडिको भागबाट करिब ५० मिटर माथिबाट पहिरो खसेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए।
पहिरोले पेट्रोल पम्पको डिस्पेन्सर मेसिन तथा पार्किङ गरी राखिएका ५ वटा मोटरसाइकलमा क्षति पुर्याएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर पहिरोले पुरिएका मोटरसाइकल निकाल्ने तथा पहिरो हटाउने काम भइरहेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)