पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी
annapurnapost.com · Thu Aug 06 04:13:04 GMT 2026

सिमरा : पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ स्थित धन्सार पुल नजिक बिहीबार बिहान पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना हुँदा आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको छ।
बाराको अमलेखगञ्जबाट १२ हजार लिटर पेट्रोल लिएर सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर बिहान करिब ५:३० बजे सडक छेउमा दुर्घटनामा परेको हो। ट्याङ्कर पल्टिएलगत्तै आगो लागेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)