गढन्ता खोलाको बाढीले बगाएर बस्नेतको मृत्यु
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
जनकपुरधाम । महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिमिल्सिनाका अनुसार खोलाले बगाउँदा बर्दिबास नगरपालिका–५ निवासी ६२ वर्षीय टङ्कबहादुर बस्नेतको मृत्यु भएको हो ।
खोला छेउँको खेतमा पानी तान्न राखिएको विद्युतीय मोटर खोलाले बगाउन थालेपछि बुधबार साँझ मोटर निकाल्न खोलातर्फ जाने क्रममा बाढीले एक्कासी बगाउँदा बस्नेत बेपत्ता भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)