गोदावरीमा ह्याण्ड ग्रिनेड विस्फोट, दुई सैनिक घाइते
reportersnepal.com · Thu Aug 06 04:21:01 GMT 2026

काठमाडौं, साउन २१ । कैलालीको गोदावरी नगरपालिका–४ स्थित बन्देवी फायरिङ रेञ्जमा नेपाली सेनाको फायरिङ अभ्यासका क्रममा प्लास्टिक ह्याण्ड ग्रिनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएका छन्।
आज बिहान करिब ८ः१० बजे देवदल गण, आर्मी ब्यारेकको सैन्य तालिम अन्तर्गत फायरिङ अभ्यास चलिरहेका बेला प्लास्टिक ह्याण्ड ग्रिनेड विस्फोट भएको थियो। विस्फोटमा सहायक सेनानी ३० वर्षीय विक्रम कार्कीको दाहिने हात र अनुहारमा तथा सैनिक २० वर्षीय रञ्जित थारुको दाहिने हातमा चोट लागेको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हिरा महराले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)