सुनचाँदी व्यवसायलाई पुस्तान्तरण गर्न व्यवसायी नै जिम्मेवार बन्नुपर्छ: कोषाध्यक्ष लकान्द्री
ajakoartha.com · Thu Aug 06 04:50:00 GMT 2026

काठमाडौं- नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका कोषाध्यक्ष गणेश प्रसाद लकान्द्रीले सुनचाँदी व्यवसायलाई दीर्घकालीन, सम्मानित र पुस्तौँसम्म टिकाइराख्न व्यवसायीहरू स्वयं जिम्मेवार, अनुशासित र कानुनसम्मत बन्नुपर्ने बताएका छन् ।
उनले सुनचाँदी व्यवसायको भविष्य सुरक्षित गर्ने जिम्मेवारी सरकार वा महासंघको मात्रै नभई स्वयं व्यवसायीहरूको काँधमा रहेको स्पष्ट पारे । महासंघले सरकारसँग आवश्यक नीति निर्माण, समन्वय, सहजीकरण तथा व्यवसायमैत्री वातावरणका लागि निरन्तर पहल गरिरहेको भए पनि व्यवसायीहरू नै नियम, कानुन र व्यावसायिक आचारसंहिताको पालना गर्न असफल भए अपेक्षित उपलब्धि हासिल गर्न नसकिने उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)