नर्भिक हस्पिलट र होटल सिराईचुलीले बोलाए साधारण सभा, नर्भिकको ४२.१०५ प्रतिशत लाभांश प्रस्ताव
aarthiknews.com

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिलट एन्ड मेडिकल कलेज लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीको सभा म्यारियट होटलमा भदौ १५ गते बस्दैछ । सभामा कम्पनीले ४२.१०५ प्रतिशत लाभांश प्रस्ताव पेश गर्ने भएको छ । यसले २० प्रतिशत बोनस सेयर र करसहित २२.१०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यसले बुक बिल्डिङ विधि मार्फत आइपीओ जारी गर्ने तयारी गरेको छ ।
यता, होटल सिराईचुली लिमिटेडले पनि आइपीओ प्रस्तावसहित साधारण सभा डाकेको छ । सभा भदौ १४ गते बेलुका ५ बजे सुरु हुनेछ । दुवै कम्पनीको साधारण सभामा गतवर्षको वित्तीय विवरण पारित गर्ने प्रस्ताव पेश हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)