धनुषामा गतआवमा ५७ किमी सडक ढलान
reportersnepal.com · Thu Aug 06 05:07:15 GMT 2026

जनकपुरधाम, २१ साउन । पूर्वाधार विकास कार्यालय जनकपुरधामले गत आवमा आर्थिक वर्ष २०८२र८३ मा सडक पूर्वाधारतर्फ प्रगति हासिल गरेको जनाएको छ ।
कार्यालयका अनुसार उक्त अवधिमा धनुषाका विभिन्न स्थानमा ५७ किलोमिटर सडक ढलान तथा २२ कल्भर्ट निर्माण सम्पन्न गरिएको छ । त्यसैगरी २२ दशमलव पाँच किलोमिटर सडकमा ग्राभेल र एक किमी सडक कालोपत्र गरिएको कार्यालय प्रमुख सञ्जीवकुमार साहले जानकारी दिए । उनका अनुसार सोही अवधिमा सात किलोमिटर सडक मर्मत–सम्भारको काम पनि सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)