बालेनसँग टक्कर लिएर चर्चा कमाएका सरोज गुरागाईं सेवा निवृत्त
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ सेवा निवृत्त भएका छन् । गुरागाईँले २०८१ भदौ २७ गतेको नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार २०८१ असोज ७ गते काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पद बहाली गरेका थिए । उमेरका कारण बुधबारदेखि उनी अनिवार्य अवकाशमा गएका हुन् ।
महानगरपालिकाले उनलाई बुधबारै बिदाइ गरेको छ । बिदाइ कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर, कार्यपालिका सदस्यहरू, विभागीय प्रमुखहरू, महाशाखा प्रमुखहरू सहभागी भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)