बुद्धभूमि नेपाल हाइड्रोपावरको नाफा धनात्मक, अन्य सूचक कस्ता ?
arthasansar.com · Thu Aug 06 05:30:39 GMT 2026

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको नाफा धनात्मक बनेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा धनात्मक बनेको हो ।
अघिल्लो वर्ष कम्पनीको नाफा ऋणात्मक रहेको थियो । वित्तीय विवरण अनुसार कम्पनीले अघिल्लो वर्षको घाटालाई पूर्ति गर्दै नाफामा फर्किन सफल भएको हो । अघिल्लो आर्थिक वर्षमा १४ करोड ३७ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्ष २८.६८ प्रतिशतले वृद्धि गरी १८ करोड ५० लाख रुपैयाँ पुर्याएको छ । यससँगै अघिल्लो आर्थिक वर्षमा २ करोड २५ लाख रुपैयाँले ऋणात्मक रहेको खुदा नाफा गत आर्थिक वर्षमा १ करोड २० लाख रुपैयाँले धनात्मक बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)