ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु
rajdhanidaily.com · Thu Aug 06 05:43:27 GMT 2026

काठमाडौं । ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा।२ ख ३५९० नम्बरको बस बिहीबार बिहान ग्वार्कोस्थित पुलको पर्खालमा ठोक्किएको हो ।
दुर्घटनामा परेर एक जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए । प्रहरी वृत्त सातदोबाटोका डीएसपी वकिल सिंह नेतृत्वको प्रहरी टोलीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरेको छ । दुर्घटनामा परेर १० जना घाइते भएका छन् । उनीहरूलाई बीएण्डबी अस्पतालमा पठाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)