सरकारी कर्मचारीको नयाँ तलब सार्वजनिक, कसको कति ?
annapurnapost.com · Thu Aug 06 05:51:39 GMT 2026

काठमाडौं : सरकारले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ। मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को लागि बजेटमार्फत गत साउन १ गतेदेखि नै लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीहरूको नयाँ तलबमान र सुविधा स्वीकृत गरेको अर्थ मन्त्रालयले जनाएको छ।
नयाँ तलबमान अनुसार मुख्यसचिव र प्रधानसेनापतिको तलब समान ९० हजार ५ सय ९४ रुपैयाँ कायम भएको छ। यसअघि उनीहरूको सुरु तलबमान ८४ हजार ९ सय ३२ रुपैयाँ रहेकोमा ग्रेड वृद्धि पश्चात् कुल तलब ९० हजार ५ सय ९४ पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)