लालबकैयाको बाढीले हुलाकी राजमार्ग डुबानमा, जोखिमपूर्ण यात्रा नगर्न आग्रह
ratopati.com · Thu Aug 06 05:56:53 GMT 2026

रौतहट । लगातारको वर्षासँगै रौतहटको राजपुर नगरपालिका क्षेत्रमा बगेको लालबकैया खोलामा पानीको बहाव बढेपछि हुलाकी राजमार्ग डुबानमा परेको छ। सडकमाथिबाट बाढीको पानी बगेपछि स्थानीय बासिन्दा, यात्रु तथा सवारी चालकहरू ज्यानको जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका छन्।
राजपुर नगरपालिका–२ फतुवा महेशपुरदेखि राजपुरतर्फ जाने हुलाकी सडकखण्ड अन्तर्गत लालबकैया नदीको पश्चिम लच्कामा बाढीको पानी सडकमाथिबाट ओभरफ्लो भएर बगेपछि आवतजावत प्रभावित भएको हो। वैकल्पिक मार्गको अभावका कारण स्थानीयहरू जोखिमपूर्ण अवस्थामै उक्त सडक प्रयोग गर्न बाध्य छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)