राष्ट्र बैंकको खुला बजार कारोबार अब डिजिटल, अनलाइनबाटै बोलकबोल गर्न सकिने
ictsamachar.com

काठमाडौं । नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारलाई डिजिटल प्रविधिमा आधारित बनाउने दिशामा महत्वपूर्ण कदम चालेको छ । राष्ट्र बैंकले ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ (नवौँ संशोधन, २०८३)’ लागू गर्दै बैंक तथा वित्तीय संस्थालाई पहिलोपटक अनलाइनमार्फत बोलकबोल (बिडिङ) गर्ने सुविधा दिएको हो ।
संशोधित कार्यविधिले खुला बजार कारोबारका लगभग सबै प्रक्रियालाई थप स्पष्ट बनाउनुका साथै मौद्रिक उपकरण सञ्चालन, धितोपत्र व्यवस्थापन, भुक्तानी प्रणाली र तरलता व्यवस्थापनमा प्रविधिको प्रयोग विस्तार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)