काठमाडौंमा हुन लागेको तिब्बतसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन अन्तिममा किन रोकियो ?
nepalpress.com · Thu Aug 06 05:59:47 GMT 2026

काठमाडौं । सरकारले काठमाडौंमा हुन लागेको तिब्बती मामिलाको अन्तर्राष्ट्रिय सम्मेलन स्थगन गराएको छ । चीनले आपत्ति जनाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोजकलाई भदौ पहिलो साता आयोजना हुने सम्मेलन रोक्न भनेको हो ।
आएटीएसको १७ औं सम्मेलन यसपटक नेपालमा आयोजना हुने भनिएको थियो । सम्मेलनमा ३९ देशका तिब्बत मामिला विज्ञ र प्राध्यापकहरू सहभागी हुने आयोजकले बताएका थिए । सम्मेलनमा दलाई लामा प्रशासित धर्मशालाको प्रतिनिधिसमेत सहभागी हुने भएकाले सरकार सशंकित बनेको हो । यद्यपि गृहमन्त्री सुधन गुरुङले गत साता कान्तिपुरलाई दिएको अन्तर्वार्तामा सम्मेलन नेपालमा आयोजना हुने र सुरक्षाको समस्या नरहेको बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)